सन्देशहरु
श्री देवेन्द्र गुरुङ
प्रधानाध्यापक
यस विद्यालयको आधिकारिक वेबसाइटमा यहाँहरूलाई हार्दिक स्वागत गर्दछु।
वि.स. २०१७ सालमा 'श्री सरस्वती प्रा.वि. मैयाखोला' को नामबाट स्थापित यस विद्यालयले स्थापनाकालदेखि नै आफ्नो सेवा क्षेत्रभित्रका बालबालिकाहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको छ। हाम्रो मूल लक्ष्य भनेको देश र समाजका लागि आवश्यक पर्ने नैतिकवान्, अनुशासित र दक्ष जनशक्तिको आधार तयार गर्नु हो।
हामी विश्वास गर्छौं कि शिक्षा सबैको नैसर्गिक अधिकार हो। तसर्थ, शैक्षिक दृष्टिकोणले पछाडि परेका वा आर्थिक रूपमा विपन्न समुदायका बालबालिकाहरूलाई शिक्षाको मूलधारमा ल्याउन हामी प्रतिबद्ध छौं। यस महान् कार्यमा विभिन्न दाताहरूसँग समन्वय गरी जेहेन्दार तथा विपन्न विद्यार्थीहरूका लागि छात्रवृत्तिको व्यवस्था गरिँदै आएको छ र भविष्यमा यसलाई अझ प्रभावकारी बनाइनेछ।
विद्यालयको शैक्षिक, भौतिक, र सामाजिक उन्नयनमा अमूल्य योगदान पुर्याउनुहुने सम्पूर्ण सहयोगी हातहरू र दाताहरूको नाम विद्यालयको इतिहासमा सधैं स्वर्ण अक्षरले अङ्कित रहनेछ। आउनुहोस्, हाम्रा बालबालिकाहरूको उज्ज्वल भविष्य निर्माणमा हातेमालो गरौं।
धन्यवाद !
श्री नारायण प्रसाद गुरुङ
वि.व्य.स. अध्यक्ष
२००७ सालमा प्रजातन्त्रको उदयसगैं नेपालमा सर्वसाधारण जनताका छोरा छोरीहरुले पढ्न लेख्न पाउने व्यवस्था भयो । सोही अनुसार नेपालको पूर्वी पहाडी जिल्ला संखुवा–सभा उत्तरमा पिलुवा खोला, पूर्वमा सिकुवा खोला र पश्चिममा लखुवा खोला विचको मकालु हिमालको काखमा रहेको पवित्र भूमिमा हाम्रा अग्रजहरुको अदम्य साहसले वि.स.२०१७ साल पौष १७ गते श्री सरस्वती प्रा.वि. मैया खोलाको नामबाट हाम्रो विद्यालय स्थापना भएको हो ।
विद्यालयको स्थापनार्थ संस्थापक अध्यक्ष स्वर्गीय श्री गजराम लिंथेप, ठाकुर सिं लिंथेप, पूर्ण बहादुर लिंथेप, हस्त बहादुर लिंथेप, प्रति श्रद्धा सुमन व्यक्त गर्न चाहान्छु ।
पुराना कागजात तथा प्रमाणहरु खोजी गरी आधुनिक सूचना तथा प्रविधिसंग हाम्रो विद्यालय जोड्न अहोरात्र खट्नु हुने वेबसाइट डिजाइनर शिक्षक टेकेन्द्र खड्का, राज कुमार गुरुङ, प्रधानाध्यापक हर्क कुमार राई र सहायक प्रधानाध्यापक पदम बहादुर मेघी प्रति आभार प्रकट गर्दछु ।
श्री धनेन्द्र भट्टराई
सहायक प्रधानाध्यापक
आजको युग विज्ञान र प्रविधिको युग हो। विद्यालयको गौरवमय इतिहास, स्थापनाकालदेखि हालसम्मका गतिविधि र महत्त्वपूर्ण दस्तावेजहरूलाई सुरक्षित राख्दै भावी पुस्ताले पनि सहजै अध्ययन गर्न सकून् भन्ने उद्देश्यले यो वेबसाइट निर्माण गरिएको हो। अब देश तथा विदेशमा रहनुभएका सम्पूर्ण अभिभावक, पूर्वविद्यार्थी र शुभचिन्तकहरूले एक क्लिकमै आफ्नो विद्यालयसँग जोडिन सक्नुहुनेछ।
विद्यालयको रूपान्तरण र समृद्धिको यात्रामा साथ दिनुहुने सम्पूर्ण अभिभावक, शिक्षाप्रेमी, समाजसेवी, र राजनीतिक व्यक्तित्वहरूप्रति हार्दिक आभार व्यक्त गर्दै, यो डिजिटल मञ्च (Website) मार्फत यहाँहरूको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछु।
धन्यवाद !
श्री हर्क कुमार राई
पूर्व प्रधानाध्यापक
वि.स. २०१७ सालमा सरस्वती प्रा.वि. मैयाखोला नामले स्थापित विद्यालयले यस विद्यालयको सेवा क्षेत्र भित्रका सम्पुर्ण बालबालिकाहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै देशलाई आवश्यक पर्ने उच्च गुणस्तरका जनशक्तिको आधार तय गर्ने यो विद्यालय हरतवरले लागि पर्नेछ ।
शैक्षिक दृष्ट्रिकोणले पिछडिएका समुदायका बालबालिकाहरुलाई शिक्षाको मूलआधारमा ल्याउनुको लागि विभिन्न दाताहरुसंग समन्वय गरी छात्रावृत्तीको व्यावस्था गरी शिक्षा प्राप्तीमा सहयोग गरिने छ । विद्यालयको आर्थिक, भौतिक, शैक्षिक, सामाजिक तथा साँस्कृतिक उन्नतीमा सहयोग पुर्याउनु हुने सम्पुर्ण सहयोगी दाताहरुको नाम विद्यालयको इतिहासमा स्वर्ण अक्षरले अंकित हुनेछ ।
श्री पदमबहादुर मेघी
पूर्व सहायक प्रधानाध्यापक
वि.स. २००७ सालको प्रजातन्त्रको उदयसँगै नेपालभरि शिक्षाको लहर फैलिएको थियो । सोही क्रममा साबिक मादी राम्बेनी गाविस मा वि.स. २००८ सालमा मादी हाइस्कुलको विजारोपण भएको थियो ।
विज्ञान र प्रविधिको विकाससँगै विद्यालयको स्थापना कालदेखि हालसम्म भए गरेका सम्पूर्ण गतिविधिको दस्तावेजलाई इन्टरनेटको माध्यमबाट देश विदेशबाट नियाल्न मिल्ने गरी यो वेवसाइट निर्माण गरिएको छ ।
विद्यालयको स्तरीकरण तथा समृद्धिको क्रममा योगदान गर्नुहुने आदरणीय अग्रज अभिभावक, शिक्षाप्रेमी, समाजसेवी, राजनीतिज्ञ र गुरुहरुप्रति हार्दिक आभार व्यक्त गर्दछु ।